काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा र डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ कायम भएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
Categorized in बजार