काठमाडौं । गएराती परेको अबिरल बर्षाको कारण उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका केही क्षेत्र डुबानमा परेको छ ।
बर्षाले काठमाडौको शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्तीमा पानी पसेको प्रहरीले जनाएको छ ।
शान्तिनगरका १५–२० घर डुबानमा परेको छ । अहिले सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ । त्यसैगरी बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका छने केही घर जोखिममा परेका छन् ।
ललितपुरको भैंसेपाटीको सपिङ सेन्टर पनि डुबानमा परेको छ । प्रहरीको अनुसार सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको छ ।
त्यसैगरी ललितपुरको गोदावरी खोला किनारका केही क्षेत्र पनि डुबानको खतरा देखिएकोले सर्तकता अपनाएको छ ।
ललितपुरकै लाँकुरी भञ्ज्याङ, भट्टेडाँडालगायत क्षेत्रका सडकमा पहिरो झरेर बाटो अवरुद्ध छ । मौसम विज्ञान बिभागका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका होचा भूभाग डुबानमा पर्न सक्ने भएकाले सतर्क रहन सर्वसाधरण सबैमा अपिल गरेको छ ।
काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा पनि पानीको बहाव बढ्दो क्रममा छ ।
मौसम बिभागका अनुसार पानी अझै केही दिन पर्ने भएकोले डुबानको समस्या देखिन सक्ने जनाएको छ ।
Categorized in समाज