काठमाडौं । आईतबार साँझ ईन्डोनिसियमा गएको शक्तिशाली भुकम्पको कारण ८२ जनाले ज्यान गुमाएको छ भने सयौं घाईते भएको स्थानीय अधिकारीहरुले सञ्चारमाध्यमहरुलाई जानकारी दिएको छ ।
इन्डोनेसियाको पर्यटकीय प्रान्त लोम्बोकमा आएको भूकम्पले छिमेकी बाली समेत हल्लिएको थियो ।
राष्ट्रिय विपद एजेन्सीका प्रवक्ता सुटोपो पुर्वोका अनुसार मृत्यु हुनेको संख्या ८२ पुगेको र अन्य सयौं व्यक्ति घाइते भएको छन् । भूकम्पपछि भत्किाएका घरहरुले पुरिएर मृत्यु भएको हो । हजारौं घरमा क्षति पुगेको छ ।
लोम्बोक जिल्लाको उत्तरमा सबैभन्दा बढी ६५ जनाको मृत्यु भएको छ ।
बालीमा मानिसहरु घरबाट चिच्याउँदै बाहिर निस्केका थिए । लोम्बोकमा सेना र अन्य उद्धारकर्ताहरुले घाइतेहरुलाई स्ट्रेचरमा राखेर सुरक्षित स्थलमा पु¥याएका थिए ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७.० म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्र उत्तरी लोम्बोक रहेको र भूकम्प जमिनको सतहबाट करिब १०.५ किलोमिटर मुनि रहेको थियो ।
इन्डोनेसियाका मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको छ ।
यही क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए । ज्वालामुखी र फल्ट लाइनका कारण इन्डोनेसिया भूकम्पको उच्च जोखिममा रहेको मुलुक हो ।
डिसेम्बर २००४ मा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको भूकम्प जाँदा मुलुकका २३०,००० भन्दा बढी मानिसले ज्यान गृमाउका थिए ।
Categorized in अन्तर्राष्ट्रिय