११ भाद्र २०८३, बिहिबार
Header

९ केजी सुन प्रकरणमा राहुल महरालाई कारागार चलान गर्न अदालतको आदेश


प्रकाशित: शुक्रवार, २६ असोज २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी प्रकरणमा राहुल महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । 


पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल पक्राउ परेका हुन । 


शुक्रवार भएको थुनछेक बहषपछि  न्यायाधीश डण्डपाणि शर्माको इजलासले मुद्दाको किनारा नलागेसम्म राहुललाई थुनामा पठाउन आदेश दिएको हो । 


अर्का प्रतिवादी लोकेन्द्र पौडेललाई ५ लाख धरौटीमा छाड्न आदेश भएको छ । 


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार राहुलसहित अन्यलाई मुद्धा दायर गरेको थियो । 


राहुुलसहित चिनियाँ सुन तस्कर दावाजिन वाङका सहयोगी लोकेन्द्र पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र हाल फरार रहेका निमा गुरुङविरुद्ध ९ केजी ११.५२४ ग्राम सुनबापत हुन आउने ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँलाई बिगो कायम गरी मुलुकी अपराध संहिता–२०७४, संगठित अपराध निवारण ऐन २०७० र भन्सार ऐन २०६४ ले बर्जित गरेको अपराध अभियोगमा मुद्दा दायर गरेको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex