१० भाद्र २०८३, बुधबार
Header

इजरायलबाट विहानै आईपुुगे २५३ विद्यार्थी, अब कामदारको उद्दार गरिने


प्रकाशित: शुुक्रवार, २६ असोज २०८०, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । प्यालेस्टाईन आक्रमणपछि युद्धग्रस्त इजरायलमा फँसेका २५३ जना विद्यार्थी शुक्रवार विहान ३ बजे काठमाडौ फर्केका छन । 


विहिवार नेपालबाट परराष्ट्र मन्त्री एनपी साउद विद्यार्थी लिन इजरायल पुुगेका थिए । बिहीबार तेल अभिभबाट नेपाली लिएर उडेको जहाज आज बिहान ३ बजे विमानस्थल अवतरण गरेको हो ।

 
विमानस्थलमा हिजो देखि कुरेर रहेका आफन्तहरुको खुसीको सिमा थिएन । उनीहरुले फर्केकाहरुसँग अंगालो हालेर मया दर्शाएका थिए । 


उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन । 


सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन । विपिन जोशी अझै बेपत्ता छन भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ ।


इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार अब कामदारलाई पठाइने भएको छ । इजरायलमा ४ हजार ५ सय नेपाली कामदार छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex