काठमाडौं । इजरायल युद्धमा फसेका नेपाली नागरिकहरुलाई सरकारले विहिवार राती सम्म काठमाडौं ल्याउने तयारी गरेको छ ।
नेपाल वायुसेवा निगमको एननाइन एलवाइजेट कलसाइन रहेको वाइडबडी ए–३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका अधिकारीले बताएका छन ।
निगमका अधिकारीका अनुसार नेपालीलाई लिएर बेलुका ९ बजेको समयमा त्रिभुवन विमास्थल अवतरण गरिसक्ने छ ।
नेपाली नागरिक लिन जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन ।
यस अघि प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो ।
अहिलेसम्म युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका थिए । आज वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कनेछन ।
Categorized in राष्ट्रिय