२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

टोखा दबु र नेवाः गुथिले शताब्दीपुरुष जोशी लाई सम्मान गर्ने


प्रकाशित: आईतबार, २० साउन २०७५, २१ः३४ बजे
- महानगरखबर

काठमाडौँ । शताब्दीपुरुष सत्यमोहन जोशीलाई टोखा संस्कृति सम्पदा संरक्षण दबु र नेवाः गुथिले यही साउन २७ गते सम्मान गर्ने भएको छ ।


मुलुकको संस्कृति तथा इतिहास संरक्षणको क्षेत्रमा जोशीले पु¥याएको योगदानको कदरस्वरुप सो सम्मान गर्न लागिएको आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।  


सो पत्रकार सम्मेलनमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले त्यस क्षेत्रमा रहेका जात्रा तथा चाडपर्वलगायत संस्कृतिको खोज अनुसन्धान तथा संरक्षणका लागि वरिष्ठ संस्कृतिविद् जोशीको अनुभव र अध्ययनलाई उपयोग गरिने जानकारी दिनुभयो । 


त्यसैगरी दबूका अध्यक्ष मनिराज डंगोलले मुलुकमा विभिन्न जाति तथा समुदायका संस्कृति र भाषाको विकास गरी तिनलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न शताब्दीपुरुष जोशीले निर्वाह गर्नुभएको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गर्नुभयो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex