काठमाडौं । सार्वजनिक बाटोको पर्खाल भत्किएर ललितपुर महानगरपालिका–२० नहटोल बस्ने ८५ वर्षीय छिरीकाजी शाक्यको आइतबार पर्खालले च्यापिएर मृत्यु भएको छ ।
सोही ठाउँस्थित बाटोमा हिडीरहेको अबस्थामा अचानक सार्वजनिक बाटोको पर्खाल भत्किँदा च्यापिएर गम्भीर घाइते भएका छिरीकाजीको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज