काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा बढाएको छ ।
विहिवार बैंकले सर्कलर जारी गरी एकल व्यक्तिले शेयरमा धितोमा अतिकता १५ करोड रुपियाँसम्म कर्जा लिन सक्ने जनाएको छ । हाल यस्तो सीमा अधिकतम १२ करोड रूपैयाँ तोकिएको छ ।
संस्थागत रुपमा एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रूपैयाँसम्म कर्जा पाउने भएको छ । राष्ट्र बैंकले गत वर्ष कात्तिकबाट लागू हुने गरी सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोकेको थियो ।
यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोडको सीमा थियो।
Categorized in बैंक