२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

म्याद गुुज्रेका वियर विक्री गर्ने भीम स्टोरलाई महानगरले तिरायो २ लाख 


प्रकाशित: सोमवार, १५ असोज २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएका वियर वितरण गर्ने भीम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।


महानगरका कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा.अवधेश झाका अनुसार उपभोक्ताले म्याद सकिएको वियर खरिद गरेर विषयमा गुनोसा आएपछि गरिएको अनुुगमनमा सो भेटिएको जानकारी दिए ।  


स्टोरका सञ्चालक देवदास मानन्धरलाई अब उप्रान्त म्याद हेरेर मात्र विक्री वितरण गर्न सचेत गराउँदै सो जरिवना गरिएको खाद्य निरीक्षक झाले बताए । 


कामपा वडा नं. २६ ठमेलमा रहेको गामबेँसी दोहोरी साँझमा पुगेका उपभोक्ताले कार्लबक्स वियरमा स्वाद नभएको पाएपछि मिति हेरेपछि सो कुरा खुलेको हो ।

 
आइतबार अनुगमन टोलीले स्टोरको अनुगमनको क्रममा सोधेको प्रश्नमा अक्मकिएका थिए ।

 
सोमबार उनको घरको माथिल्लो तलामा स्टोर भएको पत्ता लगाएर अनुगमन टोलीले त्यस ठाउँमा भएका सामान र्हेयो । यहाँ म्याद गुज्रिएका वियरहरु थिए ।

 
स्टोरका सञ्चालक मानन्धरले स्टोरमा म्याद सकिएका ३४ केस सानमिगलका क्यान वियरसहित टुवोर्ग र गोरखा वियर रहेको स्वीकार गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex