काठमाडौं । चर्चित क्रिकेटर तथा पाकिस्तानका तेहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानलाई भोली (सोमबार) प्रधानमन्त्रीको रुपमा औपचारिक घोषणा गरिने भएको छ ।
पार्टीका प्रवक्ता फवाद चौधरीले अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुलाई दिएको जानकारी अनुसार सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ । निर्वाचित सबै सबैलाई बैठकमा अनिवार्य उपस्थितीको लागि आव्हान समेत गरिएको छ ।
गत जुलाई २५ पाकिस्तानमा भएको आम निर्वाचनमा पिटाई सबैभन्दा ठुलो पार्टी भएएपछि खानको नेतृत्वमा सरकार गठनको तयारी गरेको हो ।
पिटिआइका सांसद र स्वतन्त्र सांसद गरी संघीय संसदमा १२५ जना सांसद आफ्नो पक्षमा रहेको प्रवक्ता चौधरीको भनाई छ । त्यसैगरी बलुचिस्तान नेसनल पार्टीका तीन सांसदले पनि खानको पक्षमा मतदान गर्ने जानकारी दिएका छन् ।
खानले यस अघि मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय