२० बैशाख २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

स्वीजरल्याण्डको हिमाली क्षेत्रमा विमान दुर्घट्ना ः सबै यात्रुको मृत्यु भएको आशंका


प्रकाशित: आईतबार, २० साउन २०७५, १९ः०७ बजे
- महानगरखबर

काठमाडौं । स्वीजरल्याण्डको हिमाली क्षेत्रमा विमान दुर्घट्ना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । विमानमा सबै यात्रुको निधन भएको आशंका समेत गरिएको छ । 


दोस्रो विश्वयुद्धको समयमा जर्मनीमा बनेको बीस यात्रुसहित उडेको विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत सवैजनाको मृत्यु भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन । 


जेयू–एअरको ऐतिहासिक महत्वको द जङ्कर, जेयू ५२ एचबी–एचओटी विमानमा चालक दलका तीन सदस्य र १७ यात्रु लिएर पिज सेगनास हिमाल क्षेत्रमा उडिरहेका समय शनिबार दुर्घटनाग्रस्त भएको स्वीजरल्याण्डको एटिएस न्यूज एजेन्सीले जनाएको छ । 
दुई हजार ५०० मिटरको उचाईमा रहेका समय सो बिमान दुर्घटनाग्रस्त भएको एटिएसले जनाएको छ । 


जर्मन भाषामा प्रकाशित ब्लीक नामक पत्रिकाले विमानको क्षमता २० सीटको भएको र विमानमा यात्रारत सबैजनाको मृत्यु भएको हुनसक्ने आशंका भएको खबर प्रकाशित गरेको छ । 


विमान स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको ब्लीकले जनाएको छ ।

 
विमान दुर्घट्नाबारे प्रत्यक्षदर्शीहरुलाई उद्धत गर्दै एक पत्रिकाले भनेको छ,  ‘विमानको भग्नाबशेष हिमाली क्षेत्रको एकान्त जङ्गलमा सानो क्षेत्रमा छरिएको बताउँदै विमान दुर्घटनाको कारण विष्फोटन नहुनसक्ने सङ्केत देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex