काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले अभियान्ता ईः सँग वार्ता गर्न वोलाएको बताएका छन ।
महानगर प्रमुख बालेनले विगत केही दिनयता आन्दोलनरत अभियान्ताहरुलाई संवादको लागि बोलाएपनि आउन नचाहेको दावी गरेका छन ।
‘विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर बार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौंभन्दा अभियनताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन,’ उनले भनेका छन, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ ं। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने ?’
प्रमुख बालेनको यो भनाईलाई खण्डन गर्दै अभियन्ता ईःले वार्ताको लागि मेयर बालेन साह नआई एक नगर प्रहरी आएको बताएका छन ।
उनले आफ्नो फेसबुकमा लेखेका छन,‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – ‘‘त्यसोभए मेयरले भेट्दैन ।’’
आ–आफ्नै भनाईमा रहेका प्रमुख साह र ईः विच तत्काल वर्ता हुने अवस्था देखिएन ।
राष्ट्रिय सभा गेट अघि ईः लगायतका अभियान्ताहरु फुटपाथ व्यवसायीलाई महानगरले बैकल्पिक व्यवस्था गर्नुु पर्ने माग राख्दै गत मंगलवारदेखि उभिएर प्रदर्शन गरिरहेका छन ।
Categorized in स्थानिय