१२ भाद्र २०८३, शुक्रबार
Header

मानवतस्करी, बेचखिन र अन्तराष्ट्रिय अपराध सम्मेलनमा भाग लिन गृहमन्त्री थापा आज इन्डोनेसिया जाँदै


प्रकाशित: आईतबार, २० साउन २०७५, १८ः५० बजे
- महानगरखबर

काठमाडौँ । मानवतस्करी, बेचविखन र अन्तराष्ट्रिय अपराधसम्न्धी सम्मेलनमा भाग लिन गृहमन्त्री रामबहादुर थापा‘बादल’ आज( आईतबार ) बेलुका ईण्डानेसिया प्रस्थान गर्ने भएको छ । 


इण्डोनेसियाको राजधानी बालीमा आायोजना हुने सो सम्मेलनमा भाग लिन आइतबार बेलुका ९ः३० बजे जाने क्रार्यक्रम रहेको छ । 


गृहमन्त्री थापाले साउन २२ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालसहित चीन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम, यूएनएचसीआर र यूएनओडीसी सम्मेलनको सदस्यको रुपमा रहेका छन ।


सन्  २००२ बाट बालि प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो । गृहमन्त्री थापा  साउन २३ गते नेपाल फर्कनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex