१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

गाई चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक 


प्रकाशित: आइतवार, ७ असोज २०८०, २१ः०८ बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाईको चित्र अंकित चाँदीका सिक्का ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । 


बैंकका गभर्नर महाप्रसाद अधिकरीले आइतवार उक्त सिंका सार्वजनि गरेको प्रेस नोट जारी बताएको हो । 


बबरमहलस्थित नेपाल राष्ट्र बैंक, टक्सार महाशाखामा आयोजित कार्यक्रममा ९९९ शुद्धताको चाँदीबाट बनाइएको यो सिक्का १० र २५ ग्रामको रहेको जनाएको छ । 


१० ग्राम सिक्काको मूल्य एक हजार ६ सय रूपैयाँ र २५ ग्राम पर्ने सिक्काको मूल्य चार हजार रूपैयाँ तोकिएको छ ।  


दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ुमेडालियनु भनिन्छ । दसैं तिहार जस्ता चाडपर्वमा यस्तो सिक्काको माग धेरै हुन्छ ।  


सर्वसाधारणबाट हुने सिक्काको मागको आधारमा यसको टकमरीलाई निरन्तरता दिइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex