१० भाद्र २०८३, बुधबार
Header

कांग्रेस केन्द्रिय बैठक जारी, हिन्दु धर्मबारे पार्टीको धारणा माग


प्रकाशित: आइतवार, ७ असोज २०८०, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सानेपामा जारी रहेको छ । 


बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न धारणाहरु राखेका छन । सो क्रममा केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीले हिन्दु सनातन धर्मबारे आफ्नो धारणा प्रष्ट राख्नु पर्ने बताएका छन ।


त्यसैरी, अर्का केन्द्रीय भिम पराजुलीले पनि पार्टीले हिन्दु धर्ममाथि आक्रमणबारे पार्टीले बोल्नु पर्ने जोड दिएका थिए ।  


केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले पनि सभापति देउवलाई विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन ।


उनले ‘अघिल्लो केन्द्रीय समितिले विभिन्न निर्णय र्गयो। तर ती निर्णय प्रेस विज्ञप्तिमै सीमित हुनु भएन,’ सभापति देउवालाई आग्रह गर्दै पौडेलले भने, ‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो(यो काम गर्नुहोस् भनेर भन्न सक्नुर्पयो। गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन ।’ पौडेलले भने । 


कांग्रेस सरकारमा बसेकोले पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनले भने । 


संसारभरबाट दुबईमा लगानी ओइरिएको चर्चा गर्दै उनले लगानी वातावरण नेपालमा पनि सिर्जना गरी रोजगारीको दिइनुपर्ने बताए ।


उनले भने, ‘युवा विदेशिएको, परराष्ट्र नीति शिथिल भएको, आर्थिक अवस्था डामाडोल रहेको, बैंकमा पैसा भए पनि बजारमा नआएकोमा छलफल गरी दृष्टिकोण निर्माण गर्नुपर्छ ।’

 

उनले बजार क्षेत्रका ३५ प्रतिशत सटर बन्द भएको र खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी भएको सो कुरामा सरकारको ध्याकषर्ण गराउन पहल गर्नु पर्ने बताए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex