काठमाडौं । मुक्तिनाथ विकाश बैंकले विशेष सुविधासहितको आवास कर्जा योजना ल्याएको छ ।
बैंकले १० लाख देखि ५ करोडसम्मको आवास कर्जा दिने जनाएको छ । सो कर्जा चुक्ता गर्न २० बर्षसम्मको समय अवधि पाउने बैंकले विज्ञप्ती मार्फत जनाएको छ ।
कर्जामा पनि बैंकले ग्राहकलाई विशेष सुविधा तथा छुटको पनि व्यवस्था गरेको छ । नियमति रुपमा आवास किस्ता बुझाउने ग्राहकहरुले आफूले बुझाएको प्रशासनिक शुल्क फिर्ता पाउँदै जानेछन् ।
त्यसैगरी पहिलो १ वर्षको लागि निःशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा पनि उपलब्ध गराउने भएको छ ।
ग्राहकले आफ्नो कुल कर्जाको आधा रकमलाई किस्ताबन्दी रुपमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी किस्ताको भारलाई सहज बनाएको छ । यस किसिमको सुविधाबाट न्यून आय भएको ग्रहाकले पनि कर्जा लिन सक्ने बैंकले जनाएको छ ।
कर्जाबाट ग्राहकले घर खरिद, आवास प्रयोजनार्थ जग्गा खरिद, जग्गा तथा घर खरिद गर्न सक्नेछन् । बैंकले आवास कर्जामा लाग्ने ब्याजबारे भन्ने विज्ञप्तीमा उल्लेख गरेको छैन ।
Categorized in बैंक