काठमाडौं । पहिरोले पुरिएर जाजरकोटमा ४ जनाको निधन भएको प्रहरीले जनाएको छ ।
आज विहान पहिरोले भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको हो ।
तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको श्रीमति, छोरी र दुई छोराको मृत्यु भएपनि लालबहादुरको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
हालको उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु भएकाहरुको भने सनाखत हुन सकेको छैन । अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा उद्धारकार्य जारी रहेको छ ।
Categorized in समाज