१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुरको चापाँगाउमा अर्थमन्त्री महतले गरे अस्पताल निर्माणको शिलान्यास


प्रकाशित: सोमवार, १ असोज २०८०, २०ः११ बजे
- नवराज कुँवर

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा ११ स्थित निर्माण हुन लागेको अस्पताल अर्थमन्त्री डा. प्रकाशशरण महतले शिलान्यास गरेका छन ।

 
आइतवार एक कार्यक्रमविच महतले निर्माण हुन लागेको बज्रबाराही चापागाँउ अस्पतालको जग शिलान्याश गरेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । 


सो अवसरमा बागमति प्रदेश सभा सदस्य मिनकृष्ण महर्जनले अर्थमन्त्री महतले सो अस्पतालको जग शिलान्यास गरिदिनु भएकोमा धन्यावाद ज्ञापन गरेका थिए । 


‘माननिय अर्थमन्त्रीले यो अस्पताललाई विशेष रुपमा हेरिदिनु परयो, यहाँको बाटो पनि अर्थमन्त्रीले ध्यान दिइ यसको सुधार गर्न पहल गरिदिन पनि अनुरोध छ,’ उनले भने,‘ यस बाटोको लागि गोदावारी नगरपालिका सम्पूर्ण बासिन्दाहरुको तर्फबाट कान्ति लोकपथको बाटो निर्माणको लागि बजेट विनियोजन गरिदिन हुन अनुरोध गर्न चाहे ।’
उनले यो अस्पताल चापाँगाउँमा ल्याउन सांसद गगन थापाको महत्वपूर्ण योगदान रहेको बताए । 


यस क्षेत्रको ठेँचो, सुनाकोठी तथा वरपरको वासिन्दाको लागि निर्माधिन अस्पताल महत्वपूर्ण हुने सभासद महर्जनले बताए ।

 


ललितपुर क्षेत्र नं. १ सभासद उदय शमशेर राणा, प्रदेश सदस्य महर्जन र नगर प्रमुख गजेन्द्र महर्जनको पहलमा बागमति सरकारले सो अस्पताल निर्माणको लागि १७ करोड रुपियाँ विनियोजन गरेको छ ।  


सो अवसरमा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णचन्द्र महर्जन  र जिल्ला समन्वय समितीका अध्यक्ष ऋषिराम फुँयालले पनि अस्पताल निर्माणबारे आफ्नो भनाई राखेका थिए ।

 

कार्यक्रमा नगर उपप्रमुख मुना अधिकारी, स्थानीय वासिन्दा लगायतको उपस्थिती रहेको थियो । अस्पताल निर्माण हुने भएपछि स्थानीय बासिन्दाले जनप्रतिनिधिहरुलाई धन्यावाद समेत दिएका थिए । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex