१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

नेवाः जातिय समाजविच एकताको आवश्यक छः अध्यक्ष ताम्रकार


प्रकाशित: आइतवार, ३१ भाद्र २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौ । ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारले नेवाः जातिय समाजविच एकताको आवश्यक रहेको बताएको छ ।


शनिवार जावलाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कूलदेवता परिसरमा सम्पन्न समाजको २५ औं सामूहिक भेला तथा १७ औं वार्षिक सभालाई सम्बोधन गर्ने क्रममा सो उनले सो कुरा उल्लेख गरेका हुन । 


अध्यक्ष ताम्रकारले दलीय आस्था, थरका हिसाबले फरक फरक भएपनि समग्र नेवाः समुदायको एकता र हकहितका लागि जातीय समाजहरुबीच आपसी सहकार्य र समन्वय गर्दै जानुपर्नेमा जोड दिएका थिए । 


‘कुनै समाजको जनसंख्या धेरै होला, कसैको कम होला। संगठनको आकार, जातीय जनसंख्या बढी र कम भएपनि सामूहिक हितका लागि मिलेर काम गर्नुपर्ने क्षमता बढाउनुपर्दछ । यसैमा सबैको हित रहेको छ ।’ उनले भने ।


सो अवसरमा उपस्थित वक्ताहरुले पनि ललितपुरको संस्कृति, सम्पदा संरक्षण गर्र्दै नेवाः समुदायको समग्र हकहितका लागि जातीय समाजहरुबीच एकताको खाँचोलाई औल्याएको थियो । 


ललितपुरका २१ वटा जातीय समाजहरु अटाउने गरी स्थापना गरिएको यल नेवाः समाजका संयोजक कृष्णदास कमाचार्यले यल नेवाः समाज जातीय समाजहरुबीचको सामूहिक भावनाको ठोस अभिव्यक्त रहेको बताए । 


सो समारोहको उद्घाटन गर्दै वाग्मती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले ललितपुरका सबै जातीय समाज एकताबद्ध भई सक्रिय हुनुपर्नेमा जोड दिँदै त्यस कार्यमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 


ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि जातीय समाजको क्रियाशीलताका लागि महानगरपालिका सदैव सहयोगी रहने आफ्नो भनाइ राखेका थिए । 

 


कार्यक्रममा समाजका पूर्व अध्यक्ष रविन्द्रराज ताम्रकार, जातिय समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex