१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सात बाणिज्य बैंकहरुले बढायो ब्याजदर 


प्रकाशित: आइतवार, ३१ भाद्र २०८०, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । असोजको लागि सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये सात वटाले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन । 

असोजमा राखिने मुद्दती निक्षेपमा अधिकतम ११.०५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन । 


प्राइम कमर्सियल, नेपाल एसबिआई, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका हुन । भदौमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम १०.८९६ प्रतिशत ब्याजदर दिएका थिए । 


यससँगै अब वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा रकम राख्दा न्यूनतम सात प्रतिशतदेखि अधिकतम ११.०५ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex