२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पशुुपतिनाथको मूल मन्दिरको तस्वीर, भिडियो खिचे ५सय देखि दुुई हजारसम्म जरिवाना


प्रकाशित: शुक्रवार, २९ भाद्र २०८०, २१ः४० बजे
- महानगरखबर

काठमाडौँ । पशुपतिनाथको मूल मन्दिर परिसरको तस्वीर, भिडियो खिचेमा मोबाइल सिज गरि जरिवाना गरिने भएको छ ।


पशुपति क्षेत्र विकास कोषका अनुसार गर्भगृहको तस्वीर खिचेमा रु दुई हजार १००, मुख्य मन्दिरको तस्वीर खिचेमा रु एक हजार १०० र मूल मन्दिर परिसरको तस्वीर खिचेमा रु ५०० जरिवाना गर्न सुरु गरेको छ ।


पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्वीर एवं भिडियो खिच्न मनाही गरिँदै आएको कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिँदै भने,‘पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाए जसरी तस्वीर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको हो ।’ 


सनातनदेखि तस्वीर खिच्न मनाही गरिएको स्थानको तस्वीर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो ।


पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्वीर खिचे÷नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सुक्ष्म अनुगमन गर्न लागेको जानकारी समेत उनले दिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex