१० भाद्र २०८३, बुधबार
Header

सरकारी वकिलको कार्यालयलाई बुुझाएका सुन तस्करी प्रतिवेदनमा के–के उल्लेख छ ?


प्रकाशित: बुधवार, २७ भाद्र २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय व्युरो अनुसन्धान (सिआइबी) ले ६० किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा बुुझाएको छ । 


बुुधवार सिआईबीले बुुझाएको प्रतिवेदनमा नेपाल सुन तस्करी गर्ने कम्पनी, तस्करीमा पक्राउ परेकाहरुबारे, फरार, सुन पगाल्ने कारखाना, सुन राख्ने गोदाम, विगो दावी लगायतका विषयहरु उल्लेख छ । 


तस्करहरूले सात वटा कम्पनीमार्फत विदेशबाट सुन तस्करी गरेर ल्याउने गरेका उल्लेख छ । 


कम्पनीहरुमा बाँसबारीस्थित लेखनाथ कार्की सञ्चालक रहेको छुङगाक इलेक्ट्रिक सप्लायर्स, चाबहिल (गोपिकृष्ण पारी) स्थित रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स,सामाखुसीस्थित कुमारबहादुर भुजेल सञ्चालक रहेको ह्वाडा इलेक्ट्रिक सप्लायर्स रहेका छन । 


त्यसैगरी, बाँसबारीस्थित रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स, लाजिम्पाट र हात्तीगौंडा मा रहेका विकेन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स,बालुवाटारस्थित दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि र बुढानिलकण्ठस्थित सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स रहेको प्रतिवेदनमा सिआईवीले उल्लेख गरेको छ । 


गत साउन २ गते त्रिभुवन विमानस्थल बाहिर सिआईवीको टोलीले सुन बरामद गरेपछि सुरु भएको अनुसन्धानमा तस्करी प्रकरणमा संलग्न ५० जनलाई प्रतिवादी बनाएको मध्ये १८ जना भने फरार छन भने ३२ जनालाई पक्राउ गरिएको छ ।  


पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन । 


विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्टलगायतका छन । 


सिआइबीका अनुसार तस्करीको सुन टोखा र लाजिम्पाटमा रखेको गोदामा पगाल्ने काम हुन्थ्यो ।  


सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुुझाउन अघि आयोजित पत्रत्रकार सम्मेलनमा सिआईबी प्रमुख एआइजी किरण बज्राचार्यका अनुसार ६० केजी सुन तस्करीमा संलग्न रहेकाहरुले यस अघिनै ३६० केज सुन तस्करी गरेको छ । 


प्रतिवेदनमा ६० केजी सुन तस्करी प्रकरणमा सिआईबलिे ३ अर्ब ५० करोड रुपियाँको विगो दावी सहित प्रतिवेदन बुुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

 
संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex