१० भाद्र २०८३, बुधबार
Header

प्रधानमन्त्री दाहालसहित शीर्ष नेताहरुले नेम्बाङलाई दिए श्रद्धाञ्जली


प्रकाशित: मंगलवार, २६ भाद्र २०८०, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरुले संविधान सभा अध्यक्ष एवम नेकपा एमालेका उपाध्यक्ष स्व.सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । 


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले एमाले पार्टी कार्यालय च्यासल पुुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन । 


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राष्ट्रिय झण्डा ओढाएकी थिइन । अहिले अन्य पार्टीका पनि नेताहरु, पार्टी कार्यकर्ताहरु, शुभेच्छुक र व्यवसायीहरु पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगेका छन ।


सोमवार राती बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।


एमालेले पनि पार्टी उपाध्यक्ष नेम्वाङको निधनको शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । एमालेले असोज २ गते शोक सभा गर्ने निर्णय पनि गरेको छ ।


मंगलवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex