१० भाद्र २०८३, बुधबार
Header

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन, शिर्ष नेताहरु पुुगे अस्पताल


प्रकाशित: मंगलवार, २६ भाद्र २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एंव सांसद तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ ।


गएराती काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि महाराजगंजस्थित त्रिवि शिक्षण लगिएको थियो । उनको अस्पताल लैजाने क्रममा निधन भएको हो । 


अहिले उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेताहरु र शिर्ष नेताहरु पनि अस्पताल पुुगेका छन ।  


नेम्वाङको पार्थिव शरीर मंगलवार र बुधबार पार्टी कार्यालय ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा राखिने छ । 


एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । 


संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम– २ बाट निर्वाचित सांसद थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex