१० भाद्र २०८३, बुधबार
Header

भाद्र ३० गते प्रधानमन्त्री दाहाल अमेरिका जाँदै


प्रकाशित: शुक्रवार, २२ भाद्र २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ भाद्र ३० गते अमेरिका जाने भएको छ । 


अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल २४ सदस्यीय टोलीसहित अमेरिका जान लागेका हुन । उनले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रधानमन्त्री दाहाल दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने छन ।

 
भदौ १९ गतेदेखि सुरू भएकोे यस महासभामा जाने टोलीहरुमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य हुने छन । 


त्यसैगरी, मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी ,निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी हुने छन ।


यसैगरी परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा रहने छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex