काठमाडौं । नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दलले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विरोधमा प्रदर्शन गरेका छन ।
शुक्रवार तरुण दलले काठमाडौंमा रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका हुन ।
विरोध प्रदर्शनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेको छ ।
तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो ।

आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
तस्वीरहरुः अन्जितमान डंगोल/महानगरखबर
Categorized in समाज