२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

‘कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ’, काठमाडौंमा शान्ति सुरक्षा खोई – गगन थापा


प्रकाशित: विहिवार, २१ भाद्र २०८०, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंमा शान्ति सुरक्षाबारे गृहमन्त्रीलाई प्रश्न गरेका छन । 


विहिवार संसदमा विशेष समय लिएर बोल्ने क्रममा हिजो (बुधवार) कांग्रेस सहमान्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोध गरेका छन । उनले घट्ना थामथुम गर्ने प्रयास गरिरहेको भन्दै विरोध गरेका हुन ।


‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु, उनले भने,‘ या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस ।’ 


यसै सन्दर्भमा उनले अब काठमाडौमा एक्लै हिड्न नमिल्ने भएको भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन । 


‘गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ?’ महामन्त्री थापाले प्रश्न गरे ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex