२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कामपा २८ का एकसय बढी जेष्ठ महिलालाई सम्मान गरिदैं


प्रकाशित: मंगलवार, १९ भाद्र २०८०, २०ः४० बजे
- रचना शाही खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा २८ को सहकार्य तथा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र र महिला सञ्जालको सह–आयोजनामा जेष्ठ महिलाहरु सम्मानित हुने भएको छ ।


भाद्र २२ गते शुक्रवार कामपा २८ वडा भित्र बसोवास गर्ने ७५ बर्षमाथिका स्थानीय जेष्ठ महिलाहरुलाई सम्मान गर्न लागिएको कार्यक्रम सह–आयोजक समितिका सदस्य अजय खड्गीले जानकारी दिए ।


काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुुनिता डंगोलको प्रमुख आतिथ्य र कार्यक्रम आयोजक २८ वडा अध्यक्ष भाइराम खड्गीको विशेष अतिथिमा एकसय जना बढि जेष्ठ महिलाहरुलाई सम्मान गरिने भएको हो ।


मंगलवारसम्म नाम दर्ता गर्नेको संख्या ६५ जना भन्दा बढि भईसकेको र आउने क्रम जारी रहेकोले सय भन्दा बढि हुन सक्ने प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशीले बताए । 


वडाको सभाहलमा विहान ११ बजे गर्न लागिएको सो कार्यक्रम सेवा केन्द्रका महासचिव कमरुद्धिन मियाँले सञ्चालन गर्ने भएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex