१० भाद्र २०८३, बुधबार
Header

ललिता निवास जग्गा प्रकरणको अभियोग पत्र सच्याउन पत्राचार


प्रकाशित: आइतवार, १७ भाद्र २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अभियोग पत्र सच्याउन जिल्ला अदालत काठमाडौंलाई पत्रचार भएको छ । 


सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतलाई सो पत्रचार गरी केही अरोपितहरुको विगो मागदावी घटाएको छ । 


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तयार पारेको विवरण फरक भएको देखिएपछि सच्चाईदिन वकिल कार्यालयले अनुरोध गरेको हो । 


मागदावी घटाउने निवेदन अनुसार पूर्वमन्त्री चन्द्रदेव जोशीको विगो ६३ करोड १० लाख रुपैयाँबाट घटेर एक करोड ८ लाख रुपैयाँ मात्रै भएको छ । 


त्यसैगरी, आरोपितको नामावलीबाट विनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम हटाइदिन आग्रह गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex