काठमाडौं । नजिकिदै गएको ललितपुर उद्योग बाणिज्य संघको निर्वाचनमा ललितपुरका क्रियाशिल उद्यमी तथा समाजसेवी रवीन्द्रराज ताम्रकारले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।
साढे दुई दशक भन्दा बढी समयदेखि निजी क्षेत्रको हितका लागि सक्रिय ताम्रकारले मंगलावर एक पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
‘५६ वर्षको इतिहास बोकेको संघमा म २५ वर्षभन्दा बढी समयदेखि विभिन्न पदमा रही सक्रिय भूमिका छुु, उनले भने,‘ अध्यक्षमा मेरो उम्मेदवारीलाई पुस्तौदेखि तामापित्तल व्यवसायीमा संलग्न एक हस्तकलाकर्मी र चेम्बर अभियानमा लागेको गति र गन्तव्यको परिणत हो।’
संघको विशेषता, चुनौती र अवसरलाई सूक्ष्म रुपमा केलाउने सक्ने अग्रज र अनुभवीको रुपमा आम व्यवसायीमाझ ताम्रकारको छवि बनाएका ताम्रकार पूर्वअध्यक्ष नरेशकुमार श्रेष्ठको कार्यकालमा कार्यसमिति सदस्य तथा संगठन विस्तार तथा प्रचारप्रसार संयोजक रहेका ताम्रकार मृगेन्द्रमान प्रधानको नेतृत्वमा बनेको कार्यसमितिमा पनि सोही समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए ।
त्यसैगरी, ताम्रकार अजरमान जोशीको नेतृत्वमा बनेको कार्यसमितिमा प्रथम उपाध्यक्ष र सविन श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहको थिए ।
संघको यही असोज १९ गते शुक्रबार हुने ४४ औं साधारणसभा तथा निर्वाचनमा पुस्तौदेखि तामा पित्तल व्यवसायमा संलग्न ताम्रकारले उम्मेदवारी दिने घोषणा गरेको हो ।
संघले ललितपुर उपमहानगरपालिका र ज्यापू समाजसंग मिलेर २०६९ चैत्र १५ गते विहीबार देखि चैत्र २१ बुधबारसम्म आयोजना गरेको ललितपुर महोत्सवको सदस्य सचिव रहेका ताम्रकार संघको अग्रसरमा २०७५ सालमा खड्गजात्रा (पायः जात्रा) पुनःआगमन गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
स्वर्गीय बेखानाथ श्रेष्ठको अग्रसरतामा २०२३ साल चैत्र ४ गते स्थापना भएको संघमा हरेक वर्ष चैत्र ४ गते उद्योगी, व्यवसायीहरु भेला भएर संस्थापक र अग्रजहरुलाई स्मरण गर्दै स्थापना दिवस मनाउने परम्परा शुरु गर्न ताम्रकारले अग्रणी भूमिका निर्वाह गरेका थिए ।
ताम्रकार व्यवसायीको अतिरिक्त ललितपुरको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषतालाई संरक्षण र प्रर्वद्धन गर्ने कार्यका साथै सामाजिक हितमा दत्तचित भएर लागेका एक स्वंमसेवी समाजिक कार्यकता पनि हुन ।
यस अघि ताम्रकार समाजको दुई कार्यकाल अध्यक्ष रहँदा ललितपुरका विभिन्न जातीय समाज, खलःपुचःबीच आपसी समन्वय र सद्भावको वातावरण बनाई भाषा, संस्कृति संरक्षणमा पनि लामो समय व्यतित गरेका छन ।
यस अतिरिक्त ताम्रकारले विभिन्न संघ संस्थाहरुको नेतृत्वदायी भूमिकापनी सफलतापूर्वक जिम्मेवारी पुरा गरेका छन ।
हाल उनी नोवल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा नेपाल तामा पित्तल व्यवसायी संघका महासचिव पनि छन ।
निजी क्षेत्रको मुद्दा र समसामयिक सवालमा निरन्तर कलम चलाउंदै आएका ताम्रकारले आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोर्हयाउने अर्जुन दृष्टि लिएर निर्वाचनमा होमिएको बताए ।
उनले मेरो जीवनको अधिकाशं समय उद्यो्ग र वाणिज्य क्षेत्रमा बिताइसकेकोले अब मेरो ध्येय र एजेण्डा अहिलेसम्मको कार्यले देखाइसकेको छ ।
‘अब एकचोटी अध्यक्ष भएर संघको इतिहासको गौरवलाई कायम राख्दै वर्तमानको जिम्मेवारीलाई पुरा गर्दै भविष्यमा संंघलाई अझ उचाई माथि पुर्याउने दृढता रहेको छ, उनले भने, अध्यक्षमा उम्मेदवारी दिने निर्णय यही सोच, अनुभव र प्रतिबद्धताको सम्मिश्रण हो ।’
Categorized in बजार