२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आशा सफू कुथि पुस्ताकालय सम्मानित


प्रकाशित: शनिवार, १६ भाद्र २०८०, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको नरदेवी स्थित नेपाल भाषाको पुस्ताकालय आशा सफू कुथिलाई सम्मान गरिएको छ ।


शुक्रवार कमलपोखरीस्थित रसियन हाउसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोहौं पुस्ताकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा आशा सफुु कुथि सम्मानित भएको हो ।


शिक्षा मन्त्री अशोक कुमार राईको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा कुथिलाई रु ५० हजार नगदसहित ‘महाकवि देवकोटा पुस्ताकलय पुरस्कार’ बाट सम्मान गरिएको हो ।

 
वि.सं. २०४४ सालमा काठमाडौं महानगरपालिका वडा नं। १८ रक्तकालीमा स्थापना भएको यो पुस्तकालय विशेषतः नेपाल भाषाको संकलन, संरक्षण, सम्बर्धनका साथै, नेपालमा भएका विभिन्न भाषाका हस्तलिखित ग्रन्थहरू, ताडपत्र, भोजपत्र, विभिन्न घरायसी लेनदेनका हस्तलिखित कागजातहरूको संरक्षण र सम्बर्धनमा समर्पित छ। 


करिब ४ आना जग्गामा आफ्नै तीनतले भवनको भूइतलमा पुस्तकालय, पहिलो तलमा हस्तलिखित ग्रन्थ लगायतका महत्वपूर्ण दस्तावेको संरक्षण गर्न विशेष जापानी संरक्षण प्रविधि अपनाएर तयार पारिएको संरक्षण कक्ष र दोस्रो तलामा संरक्षण सम्बर्धनको प्राविधिक काम गर्नका कक्ष तथा अफिस कक्ष रहेको छ।

 
पुस्तकालयमा कार्यरत कर्मचारी तथा विशेषज्ञको भनाइ अनुसार यो पुस्तकालयमा संरक्षण गरी राखिएका ग्रन्थहरू करिब १००० वर्ष सम्म सुरक्षित रहन्छन्। पुस्तकालय भवन नै पुस्तकालय सेवा प्रदान गर्ने भन्दा संरक्षण र सम्बर्धन गर्दा अपनाइनुपर्ने सावधानीलार्इ ध्यान दिएर तयार पारिएको छ। 


जर्मनीको ह्याम्बर्ग विश्वविद्लयको सहयोगमा अहिले पनि संरक्ष तथा सम्बर्धन कार्य जारी छ। यस्तो पुस्तकालयलार्इ सोह्रौँ पुस्तकालय दिवसका अवसमा सम्मानित गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex