११ भाद्र २०८३, बिहिबार
Header

देउवाले गरे १५ विभागको प्रमुख मनोनयन, को–को परे ?


प्रकाशित: शनिवार, १६ भाद्र २०८०, ०८ः५० बजे
- महानगरखबर

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका १५ विभागका प्रमुखको मनोनय गरेका छन । 


शुक्रवार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेको हो । 


पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रदेश समन्वय विभाग प्रमुखमा कृष्णचन्द्र नेपाली पोखरेल, महिला विभागमा पुष्पा भुसाल, गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग प्रमुखमा मनोनीत भएका छन ।


त्यसैगरी, चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग, किरण यादव तराई—मधेश समन्वय विभाग, योगेन्द्र चौधरी थारु विभाग, गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभागको प्रमुखमा मनोनयन भएका छन । 


मनोनयन हुनेरुहमा आङ्गेलु शेर्पा, पर्यटन विभाग, डा. रणबहादुर रावल, गैर सरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिन आदिवासी जनजाति विभाग, प्रकाश रसाईली, स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुखको जिम्मेवारी दिएको छ । 


त्यसैगरी, रंगमती शाही पिछडिएको क्षेत्र विभाग, नानु बास्तोला, जिल्ला सम्पर्क समिति समन्वय विभाग, मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग, सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग मनोनयन भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex