काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन ।
शुक्रवार भएको निर्वाचनमा पारसले २३ मत पाएर बिजयी भएका छन भने उनको प्रतिस्पर्धी उमेश पियाले १४ मत पाएका छन ।
१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन ।
खड्कालाई पूर्व कप्तान ज्ञानेन्द्र मल्ले बधाइृ तथा सफललताको शुुभकामना दिएका छन ।
उनले भने,‘सफलताको शुभकामना। तपाईंको यो नयाँ इनिङ्सले नेपाली क्रिकेटलाई नयाँ उचाइ र हौसला दिनेछ भन्ने हामी सबैको अपेक्षा छ ।
Categorized in मनोरन्जन