काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले चीनले नेपालको नक्सालाई लिएर सार्वजनि गरको नक्सा प्रति आपत्ति जनाएको छ ।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको बताउदै उनले भने,‘ त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
उनले भने,‘ हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।’
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
Categorized in राष्ट्रिय