७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भ्रष्टाचारको जालो तोड्न गगनको यी ३ अनुरोध


प्रकाशित: सोमवार, ११ भाद्र २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारीको जालो तोड्न पार्टी भित्र र बाहिरका लागि सहकार्यको प्रस्ताव गरेका छन ।


सोमवार उनले ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न सत्ता, शक्ति, पहुँच र नाता सम्बन्धका आधारमा मिलेमतो भइरहेको बताएका छन ।


ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुुन तस्करी, टीकापुर जग्गा घोटालाजस्ता काण्डहरु सार्वजनिक हुँदा यस्ता घटना सामसुम पार्नेहरु आपसमा मिलेको थापाले बताए ।

 


‘यस्ता घटना सामसुम पार्न उनीहरु मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आऔं, यस्तै धारणा भएको अन्य पार्टीका साथीहरुसँग पनि समान धारणा बनाऔं, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔं’ थापाले भनेका छन ।


अहिले प्रयास गरेमा भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी संरचनागत र संस्थागत गर्ने वातावरण बन्दै गएको उनले बताए । थापाले जुनसुकै पार्टी र जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लाग्न आह्वान गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex