काठमाडौं । सारुकका बुवा कलाकार सानु ताम्राकारको निधन भएको छ ।
शनिवार नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । किड्नीमा समस्या देखिएपछि उनी करिब एक महिनादेखि उपचारमा थिए ।
परिवार जनका अनुसार उनको आज दिउँसो ३ बजेर १५ मिनेट समयमा निधन भएको हो ।
यस अघि उनका छोरा चलचित्र अभिनेता सारूक ताम्राकारको रातोपुलस्थित आफेनै घरमा मृत भेटिएको थियो ।
सानुको आईतवार (भोलि) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
Categorized in समाज