काठमाडौं । काठमाडौं महानगरपालिकाका भित्री वडाका सडकभरी खाल्डै खाल्डो हुदा यतिखेर आवागमनमा समस्या देखिएको छ ।
एकातिर बर्षायाम अर्कोतिर सकडभरीको खाल्डोले गर्दा स्थानीय, सर्वसाधरणदेखि सबै हैरान छन । अलिकति पानि परयो कि सडकमा रहेको खाल्डोले हिड्न, सवारी गुडाउन सकस परिरहेको छ ।
यस विषयमा महानगरका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले खानेपानी, सडक विभाग, विद्यूत प्राधिकरणको काम भईरहेकोले यो समस्या देखेको बताएका छन ।
सडको निर्माण, ममर्त सम्माहारको प्रक्रियामा टेण्डर प्रक्रियामा जानु पर्ने भएकोले सो कार्यहरु सहजै हुन पनि अप्ठेरो छ, अर्को तर्फ सडकको स्वामित्व महानगरसँग नभएकाले महानगरले चाहेर पनि काम गर्न नसकेको उनले सुनाए ।
‘काठमाडौं भित्री सडकको मर्मत, सम्माहर तथा खाल्डो पुर्ने कामहरु भईरहको छ, पहिलेको जस्तो ढुंगा अब छाप्दैनौ, बलियो र नउप्किने ढंगाको प्रयोग गर्छौ, इन्द्रजात्रा अघि सडकको मर्मत सम्माहार सकिन्छ ।’ उनले भने ।

काठमाडौं महानगरपालिका वडा २३ का अध्यक्ष मचाराजा महर्जनसँग भित्रि सडकको अवस्था जीर्ण देखिएको छ कहिले सडकको सुधार होला भन्ने प्रश्नमा बजेट स्वीकृत भएपनि बजेट प्रयोगको कार्यन्वयन नआइसेको बताए ।
उनले भने,‘ बजेट कार्यक्रम सिस्टममा गएको छ, महालेखाले बजेट कार्यक्रमको चेक खोलेपछि काम सुरु हुन्छ, अहिले मर्मत सम्माहारका केही काम सुरु भएको छ, इन्द्रजात्रा अघि सम्म सडकको खाल्डा खुल्डीहरु पुरिने काम हुन्छ ।’
यता काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षता बसेको बैठकले पनि महानगरको सडकको स्तरोन्नती तथा विकासको विषयमा सरोकारबालाहरुसँग बैठक बसेर निर्णयहरु गरेको छ ।

मंगलवार एकीकृत पूर्वाधार विकास र विकास साझेदार बिचको समन्वयका लागि काठमाडौँ महानगरपालिकामा सरोकारवालासँग बैठक बसेको थियो ।
बैठकले महानगरमै सम्पर्क कार्यलय स्थापना गरेर काम अघि बढाउने निर्णय गरेको प्रमुख साहले बताएका छन ।
पूर्वाधार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँग सम्पन्न बैठकका बारेमा प्रमुख साहले भने,‘सबै कार्यालयका प्रतिनिधि एकै ठाउँमा भेटेपछि सेवाग्राहीले समस्या लिएर ठाउँठाउँमा धाउनु पर्दैन । पूर्वाधार निर्माण गर्नु पर्ने, मर्मत गर्नु पर्ने, खाल्टाखुल्टी टाल्नु पर्ने कामका लागि यही सम्पर्क कार्यालयका अधिकारीले काम गर्नेछन ।’

बैठकले सम्पर्क कार्यालय स्थापना गर्ने, पानी तथा ढल चुहावट भएको ठाउँमा तत्काल महानगरपालिकाले मर्मत सम्भार गर्ने त्यसको खर्च सम्बन्धित कार्यालयले व्यहोर्नु पर्ने र अनुमति नलिई कसैले पनि सडक खन्न नपाउने निर्णय भएको छ ।
ढल निकास, टेलिफोन तथा विद्युत सेवा, खानेपानी वितरण प्रणाली जुनसुकै क्षेत्रको काम गर्नु परे पनि अब महानगरपालिकाको स्वामित्वमा भएका सडक खण्डमा काम गर्न महानगरपालिकासँग र सडक विभागको स्वामित्वमा भएका सडक खन्न विभागसँग स्वीकृति लिनु पर्नेछ ।
सडकमा भएका खाल्टाखुल्टी लामो समयसम्म नटालिने गरेको, त्यसको जिम्मेवारी कसैले नलिने यसका कारण नागरिकलाई सास्ती भइरहने, पूर्वाधार भत्किने क्रम नरोकिने अवस्थाका विषयमा छलफल गर्दै बैठकले यस्तो निर्णय गरिएको हो ।

काठमाडौँमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयको खानेपानी पाइप लाइन विस्तार र परीक्षण, विद्युत प्राधिकरणको भूमिगत तार सञ्जाल निर्माण, नदी किनाराको करिडोर निर्माण, अण्डरपास सञ्चालन, चक्रपथ सुधार, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका काम धेरै देखिन्छन ।
बैठकमा सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण र खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुखहरुको उपस्थिती रहेको थियो ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय