५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले यो बर्ष ५ हजारलाई रोजगारी दिने


प्रकाशित: बुधवार, ६ भाद्र २०८०, १६ः२० बजे
- अजयकुमार खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षमा करिब ५ हजार जनालाई रोजगार दिने भएको छ ।


महानगरपालिकाकी प्रधानमन्त्री रोजगार कार्यक्रमकी संयोजक रश्मी राइले यस आर्थिक बर्षमा महानगरको श्रम बैंक र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उक्त संख्यामा रोजगार दिने बताएकी छिन । 


‘यो बर्ष चाही ५ हजार जनालाई रोजगारी दिने प्लानिङ गरेको छ, सबै खाले दक्ष, अर्धदक्ष, अदक्षलाई रोजगारी दिने बताउँदै उनले भनिन,‘ ३ बर्षको विचमा १० हजार जनलाई रोजगारी दिने भनिएको छ ।’


संयोजक राईले अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममा १ हजार ५६ जनाको लिस्टिंग भएको र उनीहरुलाई तत्काल महानगरले विभिन्न कामहरुमा लगाउने तयारी गरेको जानकारी दिइन ।

 
महानगरले बेरोजगारहरुलाई सम्बोधन गर्ने भन्दै श्रम बैंकको योजना ल्याएको उनले बताईन । महानगरले सार्वजनिक गरेको २५ वटा स्वर्णिम योजना अन्तर्गत श्रम बैंकको पनि एउटा कार्यक्रम हो ।

 
उनले महानगरले श्रम बैंकमा आवद्ध हुन सुचना प्रकाशित गरिसकेकोले यस कार्यक्रममा सुचिकृत हुन सकिने बताईन । 


उनले भनिन,‘प्रधानमन्त्री रोजगार कार्यक्रममा अदक्ष कामदारहरु मात्र हुन्छ, महानगरलाई दक्ष, शिपमुलुक दक्षता भएको मनिस पनि चाहिएको छ, त्यसैले गर्दा श्रम बैंकको कन्सेप्ट ल्याएर महानगरमा कति बेरोजगार छन, उनीहरुको लागत संकलन गर्न खोजिएको हो ।’


श्रम बैंकमा सुचिकृत हुन चाहनेहरु  काठमाडौँ महानगरको स्थायी बासिन्दा वा महानगर को करदाता वा महानगर भित्र बसोबास गर्ने नेपाली नागरिक हुनु पर्ने, १८ बर्ष पुरा भई ६० वर्ष ननाघेको, नेपाली नागरिकता को प्रतिलिपि, बसाई सराइ को कागजात,भाडामा बस्ने भए घर बहाल सम्झौता को प्रतिलिपि, कर दाता भए कर तिरेको प्रमाण पत्र आवश्यक पर्ने संयोजक राईले जानकारी दिईन । 


श्रम बैंकमा ६३ वटा रोजगार क्षेत्रहरु बस्तुकला, बैंकिक क्षेत्र, आर्किटेक, वित्तिय सेवाहरु, फुड टेक्नो, मेडिकल, हेल्थ केयर, आइटी÷दुरसंचार लगायतका छन । 


संयोजक राईले श्रम बैंकमा आवद्ध हुने बेरोजगारहरुलाई महानगरले आवश्यकक्ता अनुसार नेपाल सरकारले तोकेको पद अनुसारको पारिश्रमिक भुक्तान गर्ने जानकारी दिए ।


प्रधानमन्त्री स्वारोजगारमा आवद्ध भएकाहरुलाई भने जिल्ला पारिश्रमिक दररेट अनुसार रकम भक्तानी हुँदै आएको उनले बताईन । 


श्रम बैंकमा रहेका सुचिकृत व्यक्तिहरुलाई महानगरले विभिन्न व्यवसायिक संघ, संस्था, उद्योग, वा श्रम क्षेत्रमा पनि सिफारिस गरेर पठाउन सकिने राईको भनाई छ ।

 
श्रम बैंकको रोजगार क्षेत्रको सुचिः 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex