९ भाद्र २०८३, मंगलबार
Header

अब मुद्दाको पेशी तथा तारिख स्वचालित प्रणालीबाट 


प्रकाशित: मंगलवार, ५ भाद्र २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलवार पदबहाल गरेका छन । 


प्रधानन्यायाधीश श्रेष्ठले पदवहाल गरेपछि अदालतमा हुने मुद्दाको पेशी तथा तारिख स्वचालित प्रणालीबाट व्यवस्थापन गरिने निर्णय गरेका छन ।


राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि श्रेष्ठले सर्वोच्च अदालत पुगेर पदबहाल गरेका थिए । 


सर्बाेच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अब स्वचालित प्रणालीले नै तारिख तोक्नेछ । मुद्दाको प्रकृति, सम्बन्धित दिनमा मुद्दाको चाप, मुद्दाको पालो आउने बार लगायतका आधारमा स्वचालित प्रणालीले आफै तारिखको दिन तोक्नेछ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex