काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको छ ।
प्रधानमन्त्री ओलीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन ।
शुक्रबारनै थपिएका मन्त्री तथा राज्यमन्त्रीले सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । अब मन्त्रीपरिषद् २५ सदस्यीय भएको छ ।
मन्त्री बनेका ढकाल र अर्याल नेपाल कम्युनिस्ट पार्टीका हुन भने राज्यमन्त्री बनेका यादव संघीय समाजवादी फोरमका हुन ।
Categorized in राष्ट्रिय