७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा अनुमोदित


प्रकाशित: सोमवार, ४ भाद्र २०८०, १४ः०० बजे 
- महानगरखबर

काठमाडौं । संसदीय सुनुवाइ समितिले विश्वम्भरप्रसाद श्रेष्ठको प्रधानन्यायाधीश पदमा सर्वसम्मतीले अनुमोदन गरेको छ । 


सोमवार सिंहदरबार स्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो ।  संसदीय सुनुवाइका लागि पुगेका श्रेष्ठलाई सांसदहरुले विभिन्न प्रश्न गरिएको थियो ।

 
सांसदहरुले सर्वाेच्च अदालतमा भएको मुद्दाको चाङ कसरी घटाउनुहुन्छ भन्ने प्रश्न सोधेका थिए । सुनुवाइका क्रममा श्रेष्ठले आफूले अदालतमा विचौलिया नियन्त्रणका लागि काम गर्ने बताएका थिए । 


सुनुवाइ समितिमा श्रेष्ठ विरुद्ध ३ वटा उजुरी परे पनि एकमात्र उजुरिकर्ता समितिको सम्पर्कमा आएका थिए ।


सुनुवाइ समितिबाट अनुमोदित श्रेष्ठले राष्ट्रपतिबाट सपथ लिनेछन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex