७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललिता निवास प्रकरणमा दुुई पूर्वप्रधानमन्त्रीको घरमै लियो बयान, आज प्रतिवेदन बुुझाईदै


प्रकाशित: सोमवार, ४ भाद्र २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । ललिता निवास जग्गा घोटला प्रकरणमा दुुई पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई र माधव कुमार नेपालको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले घरमा गएर बयान लिएको छ । 


सिआइबी अनुसार आइतबार साँझ पूर्वप्रधानमन्त्री भट्टराईले अधिकारीहरुलाई घरमा बोलाएर अफूलाई थाहा भएको बारे जानकारी दिएको बताएको छ । 

 


त्यसैगरी सिआइबीको टोलीले अर्का पूर्वप्रधानमन्त्री नेपालको पनि घरमै गएर बयान लिएको हो । 


ललिता निवास प्रकरणमा सिआइबीले आज बुझाउनेबुझाउने तयारी गरिरहेको छ ।ललिता निवासको १४३ रोपनी जग्गा चार चरण गरी व्यक्तिको नाममा पुगेको सिआइबीले जनाएको छ। 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex