५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

आर्क ब्रिजमा राखेको झिलीमिली बत्ती हटायो महानगरले (फोटो फिचर)


प्रकाशित: आइतवार, ३ भाद्र २०८०, २१ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महाानगरले सुन्दर महानगर योजना अन्तर्गत आर्क व्रिजहरुमा राखेको झिलीमिली बत्ती हटाएको छ । 


झिलीमिली बत्तीको उज्यालोले सवारी चालकहरुलाई अिडस्टर्व गर्ने, सहज आवगामनमा अप्ठेरो तथा भिडभाड बढ्न थालेपछि हटाएको महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख ई.रामबहादर थापाले बताए ।


‘महानरले झिलीमिली बत्ती राख्न भनेको थिएन तर बत्ती राख्नेहरुले आफुुखसी त्यसकिसिमको बत्ति राखेपछि, कम्पेलनहरु पनि आएको र त्यसकिसिमको बत्तीले आवागमनमा एकदमै डिस्टर्व हुने भयो, मानिसहरुको भीडभाड बढेपछि बत्ती हटाएर एकै रंगको राखेका हौं ।’ उनले भने ।

 


महानगरले अहिले चार पुलहरु बानेश्वरमा बिजुली बजारको २ वटापुल, परोपका र डल्लु पुलमा सुन्दर महानगर योजना अन्तर्गत बत्ति राख्ने काम सम्पन्न भएको बताए । 

 

 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex