२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बल्खुमा लालपूर्जा झुण्डाएर गैरन्यायिक सडक विस्तारको विरोध


प्रकाशित: विहिवार, ३२ साउन २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बल्खु चोकमा घरको लालपूर्जा, कर तिरेको रसिद झुुण्डाएर गैरन्यायिक सडक विस्तारको विरोध गरिएको छ । 


विहिवार विहान बल्खुचोकमा गैरन्यायिक सडक विस्तारको विरुद्ध विरोध प्रर्दर्शन गरिएको उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयोजक सुमन सायमीले जानकारी दिए ।

 
संयोजक सायमीले संघर्ष समितिका सह–सचिव कृष्ण मानन्धर लगायतको घरहरु चक्रपथ विस्तार आयोजनाले ट्रयाक खाली गर्न महानगरपालिकासँग गरेको आग्रह अनुसार काठमाडौं महानगरपालिका वडा १४ ले माईकिंग गरी घर भत्काउने माईकिंग गरेपछि सो को विरोध गरेको बताए । 


‘कानुन पहिला कि बसोवास पहिले भनेर आफूले महानगर तथा वडाका जनप्रतिधिहरुलाई सम्झाएको छु, अव सो क्षेत्रमा डोजर चल्दैन र यदी त्यसो भएपनि आफूहरु कानुनी लडाइमा जानेछौ ।’ उनले भने ।


सरकारले कसैको वसोवासको अधिकार त्यतिकै खोस्न पाउँदैन, पीडितलाई पूर्ण रुपमा क्षतिपूर्ति दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्ने भएकोले मनपरी, गैरकानुनी ढंगबाट अघि बढे आफूहरले सो प्रतिकार गर्ने समेत उनले बताए । 


चक्रपथ निर्माण गर्दा यस अघि सरकारले सडकको दायाँ बायाँ २५/२५ मिटर जग्गा अधिग्रण गरिरको तर चक्रपथको मापदण्ड सेटब्याकको नाउँमा  फेरि ६/६ मिटर थप गरि ३१/३१ मिटर बनाएको छ । 


तस्वीर सौजन्यः महेशकार रन्जित

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex