७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सुन प्रकरणम थप चार जना पक्राउ, अहिलेसम्म को – को समातिए ?


प्रकाशित: बुधवार, ३१ साउन २०८०, २१ः५० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन प्रकरणमा थप चार जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा चारै जना चिनियाँ नागरिक रहेको सिआईबीले बताएका छन । 


पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेङकाई नाम गरेका चिनिया नागरिकहरु हुन । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।


उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको थियो । 


गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद गरिएको सुन मंगलबार गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको थियो ।

 
अहिले सम्म पक्राउ पर्नेहरुमा बेल्जियन नागरिक दावा छिरिङ, नरेश भन्ने सुरेन्द्र तामाङ, भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन । 


त्यस्तै, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन । 


उनीहरूमाथि विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको थियो । अहिले सिआइबीले भन्सार ऐन र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex