काठमाडौं । जनमत पाटीकी सांसद अनिता साहले सोमवार संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री सपथ तथा पदभार गरेकी छिन ।
मन्त्री साहलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा पद तथा गोपनियता सपथ गराइएको थियो ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।
आजै सिंहदरवारस्थित मन्त्रालयमा गएर पदभार पनि गरेकी छिन । उनलाई पूर्वमन्त्री अमनलाल मोदीले स्वागत गरेका थिए ।
मोदीलाई आईतवार माओवादी केन्द्रले मन्त्रीबाट फिर्ता बोलाएर र सो स्थानमा जनमतकी साहलाई जिम्मेवारी दिएको हो ।
जनमत सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद पुर्नगठन गरेको हो ।
यस जनमत पार्टी मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै करिब ४ महिनाअघि सरकारबाट बाहिरिएको थियो ।
Categorized in राष्ट्रिय