५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

एक महिनाको सजाय छल्न २५ बर्ष फरार !


प्रकाशित: बुधबार, १६ साउन २०७५, १२ः१५ बजे
- महानगरखबर

काठमाडौं । एक महिना सजाय पाएका एक व्यक्ती सजाय छल्न २५ बर्षसम्म फरारपछि बल्ल प्रहरी नियन्त्रणमा आएको छ । 


लमजुङ जिल्ला बेँसेीसहर नगरपालिका – ११ का ५४ बर्षिय पुर्णवाहादुर थापालाई प्रहरी नियन्त्रणमा लिई कैद भुक्तानको लागि कारागार चलान गरको छ । 


२५ बर्ष अघि वि.स. २०५० सालमा जल्ला अदालत लमजुङले बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो ।


विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीब्रता दिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex