१ भाद्र २०८३, सोमबार
Header

नेविसंघका असन्तुुष्ट पक्ष र संस्थापन पक्षविच सानेपामा नाराबाजी


प्रकाशित: बुधवार, २४ साउन २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । दुजाङ शेर्पा नेतृत्व नेपाल विद्यार्थी संघ संस्थापन पक्ष र नेविसंघ असन्तुुष्ट पक्षबीच पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ ।


बुधवार बेलुका भएको सो नारावाजीमा असन्तुुष्ट पक्षले समानान्तर समिति गठन गर्न विद्यार्थीहरु भेला भएपछि दुवै पक्षविच नाराबाजी चलेको थियो ।

 
पार्टी सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ ७१० सदस्यीय मनोनीत गरेपछि असन्तुष्ट पक्ष सानेपामा भेला भएका थिए ।

 
मनोनयनका विषयमा समर्थक र विरोधी पक्षधरले बुधबार छुट्टा–छुट्टै नाराबाजी गरेका थिए । पार्टीकेन्द्रीय कार्यालयले विद्यार्थीहरूलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो । 


सभापति देउवाले नेविसंघमा केन्द्रीय सदस्य मनोनित गर्दा समेत योग्यता र क्षमताभन्दा पनि गुटगत आधारमा मनोनीत गरिएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु नाराबाजीमा उत्रेका हुन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex