काठमाडौं । लामो समयदेखि अबैध रुपमा संयुक्त अरब ईमिेरेट् (युएई)मा बसोबास गरेको नेपाली कामदारसहित विदेशी कामदाहरुको लागि आजदेखि ३ महिनासम्मको लागि आममाफीको घोषणा गरेको छ ।
साउन १६ (अगष्ट १ देखि १४ अक्टुबरसम्म) कात्तिक १४ सम्म नेपाली कामदारहरुले आवश्यक कागजी प्रक्रिया पुरा गरेर स्वदेश फर्किन सक्ने नेपाली दूतावासले जनाएको छ ।
यो घोषणासँगै अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिना जरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन ।
नेपाली दूताबास अबुधाबीले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरु लाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै अवैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।
आफ्नो अवस्था वैधानिक बनाउन चहानेहरुले ५०० दिरहम दस्तुर सहित आवेदन दिनुपर्नेछ । आममाफीकोे प्रक्रियाअनुसार अवैधानिक तवरले युएई प्रवेश गरेकाहरुको हकमा उनीहरू युएई विना कुनै जरिवाना र विना जेलसजायँ स्वदेश फर्कन सक्छन । तर, उनीहरुलाई २ वर्ष युएई आउन प्रतिबन्ध लाग्नेछ । यद्यपि आजिवन प्रतिबन्ध कसैलाई लाग्ने छैन ।
घर फर्कन चाहने अवैधानिक कामदारहरुले नजिकको इम्मिग्रेसन कार्यालयमा आफ्नो राहदानी वा ट्राभल डकुमेन्ट, प्लेन टिकट र २२० दिरहम दस्तुर सहित “एक्सिट परमिट“ को लागि आवेदन दिन सक्नेछन । एक्जिट परमिट प्राप्त गरेको १० दिन भित्र युएई छोडिसकेको हुनु पर्नेछ ।
Categorized in अन्तर्राष्ट्रिय